गाउँले न्यूज, ३० जेष्ठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा मा ब्रिद्वी गरेको छ ।
असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।