Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सगरमाथाको फोहोर अवलोकन गर्न रक्षामन्त्री पोखरेल नाम्चेमा – Gaule Khabar

सगरमाथाको फोहोर अवलोकन गर्न रक्षामन्त्री पोखरेल नाम्चेमा

सगरमाथाको फोहोर अवलोकन गर्न रक्षामन्त्री पोखरेल नाम्चेमा

गाउँले न्यूज, सोलुखुम्बु । रक्षामन्त्री इश्वर पोखरेलले सगरमाथाको गरिमालाई संरक्षण र सम्वद्र्धनका लागि सरसफाई अभियान पहिलो प्राथमिकता भएको बताएका छन् ।
सगरमाथा हिमाल सरसफाई अभियानबाट नाम्चेमा संकलन गरिएको फोहोर अवलोकनको क्रममा रक्षामन्त्री पोखरेलले सो धारणा राखेका हुन् ।
कार्यक्रममा रक्षामन्त्री पोखरेलले हिमाललाई प्रदुषण रहित बनाउनका लागि ‘सफाई’ पहिलो प्राथमिकता रहेकोमा जोड दिए ।
‘सगरमाथा केवल खुम्बु क्षेत्रका वासिन्दाको मात्र होइन । नेपाली बासिन्दाको मात्रै होइन । विश्वभरिका मानिसको हो,’ रक्षामन्त्री पोखरेलले भने,‘जलवायु परिवर्तनको न्युनिकरण गर्दै दिर्घ जीवन बाच्न चाहाने आकाक्षा राख्ने व्यक्तिहरुका लागि हिमाल सफा राख्नु पर्छ । यसकारण यो अभियानको प्रशसा गर्छु ।’
‘सगरमाथा हेर्न र आरोहण गर्दा साँच्चिकै सफा देखियोस ’ उनको भर्ना थियो । उनका अनुसार कुनै पनि राष्ट्रिय अन्तराष्ट्रिय सञ्चार माध्यमले गलत समाचारका सगरमाथा बनाउन हुँदैन ।
खुम्बुका स्थानीय, शेर्पा गाइड, स्थानीय निकाय, आयोजकसँघ संस्थासँगै नेपाली सेनाले सगरमाथा सफाई अभियान गरेर ऐतिहासिक काम गरेको बताए ।
नाम्चेको आर्मी ब्यारेकमा भने करिव ५ हजार केजि फोहोर संकलन भएको मेजर गोकर्ण देवकोटाले जानकारी दिए । नेपाल पर्वतारोहाण संघका अध्यक्ष सन्तवीर लामाले सगरमाथा सरसफाई अभियानको क्रममा करिव १० हजार निरन्तर चलिरहने जानकारी दिए ।
बैशाख १ गतेबाट सुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको छ ।
जेठ २२ गतेसम्म ४५ दिन जारी रहने यो अभियानमा सगरमाथाको चुचुरो सम्मनै सफाई गर्ने बताइएको छ । अहिले दैनिक ३० जनासम्म सहभागी भई सरसफाई भइरहेको छ । सगरमाथाको चुचुरोसम्म सफाई गर्नको लागि आठजना खटिएका छन् । उनीहरूले सगरमाथा हिमाल आरोहणका क्रममा मृत्यु भएका शवसमेत झिक्ने प्रयास गर्ने एसपीसीसीले जनाएको छ । यसअघि चार जनाको शव काठमाडौं पुर्याइसकेको छ ।

sourse:nagarikkhabar

https://gaulenews.com/?p=46259

https://gaulenews.com/?p=46128

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका