कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

गाउँले न्यूज, १९ बैशाख, काठमाडौँ । कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदर’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।
‘घटनाको विस्तत विवरण आइसकेको छैन । प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ,’ दूतावासका एक अधिकारीले बताए ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक-४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो ।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए । ‘खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ। उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,’ मंगाफमा बस्दै आएका पराजुलीले भने, ‘प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका