प्रदेशको नाम र राजधानीमा नेकपाको निर्णय कुर्दै कांग्रेस

प्रदेशको नाम र राजधानीमा नेकपाको निर्णय कुर्दै कांग्रेस

गाउँले न्यूज, १८ बैशाख, काठमाण्डौ । प्रदेश १ को स्थायी राजधानी र नामका लागि संसदमा प्रस्ताव गर्ने मिति नजिकिंदै गर्दा विभिन्न राजनीतिक दलले छलफल तीब्र पारेका छन् ।
प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठक बस्दैछ । संसद सचिवालयले भोलिसम्म संसदमा नाम र राजधानी प्रस्ताव गर्न दलहरुलाई आह्वान गर्दै प्रकृया सुरू गरिसकेको छ ।
नामा र राजाधानिको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक हिजो बसेको थियो । बैठकमा ठोस निर्णय भने हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ । आज बस्ने सत्तरूढ दल नेकपाको निर्णयपछि कांग्रेसले धारणा बनाउने भएको छ । सबैले स्वीकार गर्न सक्ने प्रस्ताव नेकपाबाट आए सोही नाम र राजधानीमा समर्थन गर्न सकिने सम्भावना रहेको कांग्रेस स्रोतले जनाएको छ ।
प्रदेशसभामा एक सदस्य रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशको नामकरणमा लिम्बुवान किराँत समेटिनुपर्ने भन्दै यसका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका