सगरमाथा सफाई गरी १० हजार के.जि.फोहोर सन्कल्न गर्ने

सगरमाथा सफाई गरी १० हजार के.जि.फोहोर सन्कल्न गर्ने

गाउँले न्यूज, २९ चैत्र, काठमाण्डौ । १२ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा Mt. Everest Clean-up Campaign-2019 सगरमाथा सफाई अभियान २०१९ सञ्चालन गर्ने भएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेना, बन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, सगरमाथा रािष्ट्रय निकुन्ज मध्यवर्ती क्षेत्रको आयोजनामा सञ्चान हुने पत्रकार सम्मेलनमा जनाएको छ ।

सगरमाथा सफाई अभियान बैशाख १ गतेबाट सुरु गरि (मे २९) मा नाम्चेमा समापन गरिने आयोजकले जनाएको छ । यस सरसफाई अभियानमा १०,००० के.जि. फोहोर संकलन गर्ने आयोजको लक्ष रहेको छ । सो फोहोर अन्तराट्रिय सगरमाथा दिवस (मे २९) मा नाम्चे बजारमा प्रदर्शसन गरिने र ब्याबस्थपन गर्न सकिने फोहोरलाई नाम्चेमै ब्याबस्थापन गर्ने । प्रशोधन गर्न मिल्ने फोहोरलाई काठमाण्डौमा ल्याई विश्व वातावरण दिवस (५ जुन) मा काठमाण्डौंमा प्रर्दशन गरी  Blue Waste 2 Value नामक संस्थालाई ब्याबस्थापनको लागि हस्तान्तरण गर्ने जनाएको छ ।
सगरमाथा सरसफाई अभियानकमा जम्मा अनुमानित लागत २,३२,१६,३०७ रहेकोछ भने, नेतृत्व स्थानिय सरकार खुम्बु पासाङल्हामु गाउँपालिले गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका