गाउँले न्यूज, २९ चैत्र, सोलुखुम्बु । सोललुखुम्बुको खुम्बु क्षेत्रमा होटल एशोसियसनको नाममा पर्यटकसगँ रकम लिने ब्याक्तिलाई पक्राउ गर्न जिल्ला प्रसाशनन कार्यलय सोलुखुम्बुले आदेश दिएको छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियसनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रसाशनले पक्राउ गर्न आदेश दिएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले ब्याक्तिगत रुपमा कोठा भाडा लिन पाउने भएपनि कुनै सघं, सगंठन दर्ता गरी रकम लिनु गैर कानुनी कार्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार एक हप्ता भित्र एसोसियसनका सम्बन्धित ब्याक्ति जिल्ला प्रसाशन कार्यलयमा उपस्थित हुन समय दिए पनि समयको बेवास्ता गर्दै रकम संकलनको कार्य नरोकिएकाले पक्राउ गरि जिल्ला ल्याउन आदेश दिएको हो । खुम्बु क्षेत्रमा केहि समय देखि होटल एशोसियसनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिदै आएका छन् ।
उनीहरुले सामान्य कोठाका लागी ५ सय र एटेज बाथरुप सहितको कोठाका लागी एक हजार रुपैया लिदै आएका छन् । उक्त कार्य अहिले पनि जारी रहेको खुम्बु पासङ ल्हमु गाउ कार्यपालीका सदस्य उमा बराईलीले बताउनुभयो । केहि समय अघि काउन्टर नै खडा गरि होटल एसोसिएसनले पर्यटकसगँ रकम लिदैै आएको भए पनि उक्त काउन्टर जिल्ला प्रसाशन कार्यलयले भत्काए पछि अहिले होटलमै पुगेर रकम लिईरहेको बताइएको छ । उक्त कार्यमा स्थानिय जनप्रतिनिधिहरुको समेत सलग्नता देखिएको खुम्बु क्षेत्र भ्रमणमा आउने पदप्रदर्शक देखी अन्य विभिन्न सहयोगले बताउँदै आएका छन् ।
गाउँपालिका क्षेत्र भित्र हुने त्यस्ता गैह्रकानुनी कार्यको नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएपनि मौन बसेको उनीहरुको आरोप छ । होटल एसोसियसनले लिएको शुल्क गैह्रकानुनी भन्दै पर्यटन व्यवसायीले सामाजिक सञ्जाल मार्फत विरोध समेत जनाएका छन् ।
sourse:solufm