गाँउले न्यूज–१२फाल्गुण, काठमाडौं : किरात खालिङ राई उत्थान संघको ऐतिहासिक ७औं राष्ट्रिय महाधिवेशन २०७५ फागुन २५ गते शनिबार, काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न हुने भएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ ।
उक्त महाधिवेशनमा प्रतिनिधि सभा सदस्य माननीय सांसद हेमकुमार (सुरवीर) राईको प्रमुख आतिथ्यता तथा माप्य दुधकोशी गाउँपालिकोको अध्यक्ष बुद्धि किरण राईको विशेष आतिथ्यतामा संस्थाको विभिन्न विदेश शाखा, जिल्ला कार्यसमितिका प्रतिनिधि तथा संघ/संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिबीच हुने भएको छ ।
कार्यक्रम सफलतापूर्वक भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुलाई पत्रचार गरि कार्यक्रमको आवश्यक अम्तिम तयारीमा जुटिरहेको बताउँदै कार्यक्रम सम्पन्नताको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने विशेष गरेर आर्थिक, नैतिक, भौतिक र सामाजिक सकारात्मक सल्लाह, सुझाव प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै अध्यक्ष अर्जुन खालिङ राई (मज्जबर)ले बताए ।
कार्यक्रमका अध्यक्षले उद्घाटन सत्र र बन्द सत्रमा दुई सेसनमा हुने बताउदै उक्त कार्यक्रममा सफल बनाउन सबैसँग सल्लाह, सुझावको आवश्यकता रहेको जानकारी दिनुभएको थियो भने केन्द्रीय कार्यसमितिका संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ ।
कार्यक्रमबीच खालिङ समुदायको बारेमा विभिन्न लेखहरु समेटिएर प्रकाशन हुदै आएको ‘सुन्म्यसङ’ मुखपत्रको तेस्रो अंक विमोचन हुनेछ भने नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएकोले खालिङ समुदायका सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन पनि अव्हान गर्नुभएको छ ।
श्रोत : सन्देशबाहक