गाउँले न्यूज, ११ माघ, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा जिल्लाव्यापी खुल्ला अन्तर वडा भलिवल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट गाउँपालिकाको केन्द्रसमेत रहेको खास्तापस्थीत हिमालय माविको प्राङगणमा सुरु भएको भलिबल प्रतियोगिता माघ १४ सम्म संचालन हुनेछ । प्रतियोगितामा पहिलो हुने पुरुष तर्फको भलिवलमा ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रोलाई ३० हजार रुपैयाँ नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । तेस्रो हुनेलाई २५ हजार रुपैयाँ नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पुरुष तर्फ १७ समूहले प्रतियोगितामा भाग लिंदै छ भने महिला तर्फ ८ समुह मैदानमा उत्रदै छ । शुक्रबार उद्घाटन सत्र सम्पन्न गरेको सुम्निमा खालिङ राई सस्कृति समूहले शनिबारबाट प्रतियोगिता सुरु गर्दैछ । शनिबार बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा पुरुष तर्फ नेचासल्यान–१ र हिमालय मावि बासाको प्रतिस्पर्धा हुनेछ । महिला तर्फ माप्य दुधकोशी–४ र ५ बीच प्रतिस्पर्धा हुनेछ ।
सोही अवसरमा सुम्निमाले मावि स्तरिय वतृत्वकला, आवि स्तरिय हाजिरीजवाफ र आविस्तरिय चित्रकला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक असन राईले जानकारी दिनुभयो ।
भ्लिबल सहितका अन्य प्रतियोगिताहरु शनिबार नै सम्पन्न हुनेछ । विद्यार्थीहरुको क्षमता अभिबृद्धीका लागि प्रतियोगितात्मक कार्यक्रम संचालन गरिएको सुम्निमा खालिङ राई सस्कृति समूह विदेश विभाग संयोजक रुद्र राईले वताउनुभयो ।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले खेलमा अनुशासन अपरिहार्य रहेको भन्दै अहिलेको खेलाडीहरुमा अनुशासनहिनता बढ्दै गएको बताउनुभयो । अनुशासन विना मैदानमा विजयी प्राप्त गर्न नसकिने भएकाले खेलाडीमा अनुशासन सदैव आवश्यक रहेको उहाँको भनाई छ ।
गाउँपालिकाभित्र युवापंक्तिमा खेलप्रति आकर्षण बढ्दो क्रममा रहेकाले त्यसलाई व्यवस्थीत र प्रवद्र्धन गर्न रंगशाला निर्माणको योजना अघि बढाएको अध्यक्ष राईले वताउनुभयो । माध्य दुधकोशी गाउँपालिका–४ तेन्दूमा ३ सय रोपनी क्षेत्रफलमा रंगशाला निर्माण भइरहेको जानकारी दिनुभयो । आफ्नो कार्यकाल अवधी भित्र १० करोड बजेटमा उक्त रंगशाला निर्माण गरिसक्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगरले रंगशालाको योजना तिब्र गतिमा अघि बढिरहेको वताउनुभयो । योजना अनुगमन समितिकी संयोजक समेत रहनुभएकी मगरले स्थानीय जनताबाट प्राप्त उक्त जग्गालाई हाल सम्याउने कार्य भइरहेको वताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले खेलकुद स्वस्थ स्वास्थ्यका लागि समेत आवश्यक रहेको भन्दै यस्ता कार्यक्रम समय समयमा गाउँस्तरमा संचालन भइरहन आवश्यक रहेको वताउनुभयो ।
उद्घाटनसत्रमा सुम्निमा खालिङ राई सस्कृति समूहले सामाजिक कार्यमा अमुल्य योगकदान पुर्याएको भन्दै खास्तापका स्व.चतुरमान राई(लप्टन) र स्व.विष्णुभक्त राईलाई मृत्युपर्यन्त सम्मान गरिएको छ ।