शारीरिक सुगठनको विश्वकपका लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ हुँदै

शारीरिक सुगठनको विश्वकपका लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ हुँदै

गाउँले न्यूज, ३ माघ, काठमाडौं । शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’ का लागि नेपालमा पहिलो पटक ‘प्रो क्वालिफायर’ को आयोजना हुने भएको छ ।

आइएफबीबी लिग नेपालको आयोजना हुने प्रतियोगितालाई ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ नाम दिइएको प्रतियोगिता काठमाडौंको ‘एकेडेमी हल’ मा फागुन ३–४ गते आयोजना हुने बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी खेलाडीले ४ वटा क्याटागोरीमा ‘प्रो कार्ड’ जित्न प्रतिस्पर्धा गर्नेछन् । जसमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ तय गरिएको छ ।

प्रतियोगितामा भाग लिन अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका १०० बढी खेलाडी नेपाल आउने जनाइएको छ ।

‘मिस्टर ओलम्पिया’ हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुने गर्दछ । प्रतियोगितामा भाग लिनका लागि ‘प्रो क्वालिफायर’ खेली ‘प्रो कार्ड’ जित्नै पर्ने बाध्यात्मक नियम रहेको आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका