गाउँले न्यूज- खोलेखर्क देबिस्थान तमु समाज द्वारा तमु समुदायको महान चाड तमु ल्होसार विविध सास्कृतिक कार्यक्रम गरि मनाइएको छ । नुवाकोट जिल्ला, शिवपुरि गा.पा.–वडा न.१ (साबिक तलखु–६) मा यस तमु समाजले पौष २१ गते शनिबार दिन खोलेखर्क आधारभूत विद्यालयमा सम्पन्न भएको हो ।
संस्थाका प्रमुख सल्लाहकार कबिराज गुरुङको सभापति, शिवपुरि गाउँपालिका २ का वडाध्याक्ष रुद्र बहादुर गुरुङको प्रमुख अतिथी तथा शिवपुरि गाउँपालिका १ र ४ का वडाध्यक्ष महेन्द्रराज खत्री, झमकराज गुरुङको विशेष अतिथिमा सम्पन्न कार्यक्रममा विभिन्न समाजसेवी शिक्षक विध्यार्थी र गुरुङ समुदयको बाक्लो उपस्तिथी भएको थियो ।
नमस्ते डान्स एकेडेमी कपन काठमाण्डौका कलाकारहरुको विविध सास्कृतिक नृत्यहरुले कार्यक्रमको रौनकता थपेको थियो । कार्यक्रममा झोडा, कौरा, सालैजो जस्ता सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम सम्योजक शिवपुरी गाउँपालिका १ का वडा सदस्य रेशमा गुरुङले मनोरञ्जनात्मक हिसाबबाट आफनो सस्कृतिको जगेर्ना हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधन गर्दै अबका दिनमा यस्ता कार्यक्रमको लागि आफनो तर्फबाट जतिसक्दो सहयोग गर्ने प्रतिब्द्वता गर्नुभयो । विशिस्त अतिथी द्वयाले सरकारि र निजी दुबै तर्फबाट लोपन्मुख अवस्थामा रहेको हाम्रा सस्कृतिलाई जोगाउन केन्द्रिय तह सम्म कुरा उठाउने बाचन दिनुभयो । कार्यक्रममा लामा गुरु सुवर्ण गुरुङ द्वारा ल्हो–(बर्ग) को बारेमा प्रस्ट पार्नुभयो । राजु गुरुङ (राजेन्द्र) र पारस गुरुङ को संयुक्त सन्चालन गर्नुभएको थियो ।
v