यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

२१ वैशाख, काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।

रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।

उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएकाे अाराेपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका