युएईमा बिकको ‘ब्लडमनि’ तिर्न उठ्यो २९ लाख रुपैंयाँ

युएईमा बिकको ‘ब्लडमनि’ तिर्न उठ्यो २९ लाख रुपैंयाँ

युएई– ब्लडमनि तिर्न नसकेर बिगत चार बर्षदेखि युएईमा बिचल्लीमा परेका चितवन,खैरेनीका टोपबहादुर बिकको उद्दारका लागि करिब २९ लाख नेपाली रुपैयाँ संकलन भएको छ ।

नेपाली दूतावास युएईको समन्वय तथा एनआरएनए युएईको संयोजनमा युएईमा रहेका नेपाली संघसस्था र ब्याबसायीहरुको पहलमा उक्त रकम सकलन भएको हो ।

विकको सहयोगमा प्रतिबद्धता रकमसहित एकलाख ७ सय सत्तरी दिराम अर्थात करिब २९ लाख नेपाली रुपैयाँ सकलन भएको एनआरएनए युएईले जनाएको छ । आबश्यक रकम उठिसकेकोले सहयोग रकम सकलन नगर्न एनआरएनए युएईले अपिल गरेको छ ।

संकलित रकम दुताबास आबुधाबीलाइ बुझाउने र दूतावासले कानुनी प्रक्रिया पूरा गरि बिकलाइ नेपाल फर्काउने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

कामको शिलशिलामा चार बर्षअघि क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गएको थियो । पाकिस्तानी नागरिक अपरेटर रहेको उक्त क्रेनमा टोपबहादुर हेल्परका रुपमा काम गर्दथे । युएईको अल-ऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर पाकिस्तानी नागरिक र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई १र१ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो ।
दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई अदालतको फैसलापछि कतै जान नसक्ने गरि यात्रामा प्रतिबन्ध गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका