WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2IrsVRNTXWZ4dsomhkuw3QtCQ7poC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 02:34:04', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी– प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले समृद्ध प्रदेश बनाउने कार्यमा प्रदेश सरकार जुटिरहेको बताएका छन् । मंगलबार उर्लाबारी–३ मंगलबारेस्थित कन्काई विकास बैंकको १३ औं शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश १ मा उद्योगधन्दा सञ्चालन, रोजगारीको सिर्जना, लगानीको वातावरण निर्माणमा जोड दिइएको वताउँदै मन्त्री आङ्बोले प्रदेश सरकारले कृषि र पर्यटनलाई विशेष जोड दिइएको बताए ।
युवाहरुलाई स्वरोजगार बनाउन ‘आत्मनिर्भर युवा कार्यक्रम’ सञ्चालनमा ल्याइएको मन्त्री आङ्बोले जानकारी दिए । प्रदेशका सबै जिल्लामा ‘गरिबसँग खाद्यान्न कार्यक्रम’ ल्याइएको जानकारी दिँदै मन्त्री आङ्बोले यो कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा विस्तार हुने बताएका छन् ।
मन्त्रिले प्रदेश बलियो भएमा मात्र केन्द्र बलियो हुने भन्दै केन्द्रले छिटोभन्दा छिटो प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिए । प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योगधन्दालगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गरी नमूना प्रदेशको रुपमा विकास गर्न प्रदेश सरकार लागि रहेको उनको भनाई छ । मन्त्री आङ्वोले खाद्यन्नको परनिर्भरता अन्त्य गर्न कृषिमा यान्त्रीकरण, अनुदान र कृषकलाई प्रोत्साहनको प्रदेश सरकारले ब्यवस्था गर्ने मन्त्री आङ्बोले बताएका छन् ।