Gaule Khabar
शुक्रबार, मंसिर १६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

एमालेले संसदीय ब्यवस्थाको उपहास गर्‍योः नेता सिंह

  • admin
  • आइतवार, पुस ३, २०७३
[sharethis-inline-buttons]
एमालेले संसदीय ब्यवस्थाको उपहास गर्‍योः नेता सिंह

ललितपुर,पुष ३-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर प्रमाणित गर्न नेकपा एमालेलाई चुनौति दिएका छन् । संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले संसदीय ब्यवस्थाको उपहास गरेको उनले आरोप समेत लगाए ।

ललितपुरको जावलाखेलमा आइतबार बिहान सर्वोच्च नेता गणेशमान सिंहको पुर्ण कदको शालिक अनावरण गर्दै कांग्रेस नेता सिंहले संशोधन प्रस्तावले राष्ट्रियता झन् बलियो बन्ने बताए ।

हरहालतमा संशोधन विधेयक अगाडि बढ्ने भन्दै उनले संशोधन प्रस्ताव गलत भए प्रक्रियामा गएर फेल गराउन चुनौति समेत दिए ।

अहिले प्रमुख दलहरु जिम्मेवार बनेर संविधानलाई स्र्वस्वीकार्य बनाउने र कार्यान्यनको वातावरण बनाउनुपर्ने भन्दै उनले एमालेलाई आन्दोलन त्यागेर सहमतिमा आउन आग्रह गरे । प्रमुख दलहरु मिल्न नसके मुलुक गम्भीर संकटमा फस्ने भएकाले जिम्मेवार बन्न नेता सिंहले एमालेलाई सुझाव दिए ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ