मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो

मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइयो

रनवेमा ल्याइएको मालिन्दो एयरको जहाज । तस्वीर: युनिस गुरुङ, अनलाइनखबर

 

७ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।

लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ ।

 

‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उनले भने, ‘अबको एक घण्टामा विमानस्थल खुल्छ ।’

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।

घाँसे मैदानबाट रनवेमा ल्याइएको मालिन्दो एयरको जहाज । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो । घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १३९ यात्रु सकुशल रहेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका