हुम्लामा चर्पीका लागि एक करोड खर्च

हुम्लामा चर्पीका लागि एक करोड खर्च

कर्ण बहादुर रोकाया, हुम्ला ।। खुला दिसामुक्त अभियानको यात्रासँगै हुम्लामा हालसम्म करीब १० हजार चर्पी निर्माण भएका छन् । यसबाट मानवीय तथा वातावरणीय रुपमा सुधार देखिएको छ ।

हुम्लामा २०६८ मंसिर १७ गतेका दिनमा जिल्लाको पहिलो खुला दिसामुक्त गाविस श्रीमष्ठालाई घोषणा गरिएको हो भने पछिल्लो २०७३ मंसिर २६ गते मुचुलाई घोषणा गरिएको छ । अब जिल्लामा श्रीनगर र डाँडाफया गाविस मात्र बाँकी रहेको जानकारी जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख ज्वालाराज शाहीले दिनु भएको छ ।

हुम्लामा व्यवस्थित चर्पी बनाउँदा चर्पीका लागि चाहिने विभिन्न प्रकारका साधनहरु जस्तै ः सिमेन्ट, पाइप, जस्ता, प्यान सेट लगायतका सामाग्रीहरु गाउँघरमा पाउन मुस्किल भएकाले सम्बन्धीत गाविसमा काम गर्ने गैससहरु र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय हुम्लाले महंगोमा ल्याएर घर घरमा दिने गरेको छ । स्थानीयस्तरमा पाइने काठ र ढुंगाको मेला पनि बढ्दै जाँदा  हुम्लामा साधारण किसिमको चर्पी बनाउन ५० हजारदेखि ३ लाखसम्म पर्ने गरेको वास्तविकता ग्रामीण जलस्रोत व्यवस्थापन हुम्लाका प्रमुख विरेन्द्र थापाको अनुभव रहेको छ ।

हालसम्म हुम्ला जिल्लाका २७ गाविसहरुमध्ये सबभन्दा पहिलो खुला दिसामुक्त गाविस घोषणा श्रीमष्ठा गाविस भएको हो भने हालसम्म पछिल्लो खुला दिसामुक्त गाविस मुचु रहेको छ । जसलाई २०७३ साल मंसिर २६ गते भएको हो ।

२७ गाविसमध्ये सबभन्दा कम १ सय ५७ बरगाउँ गाविसमा रहेको छ भने सबभन्दा धेरै चर्पी सिमकोट गाविसमा १ हजार १४ चर्पी निर्माण भएका छन् । जिल्लामा निर्माण भएका चर्पीको लागत मुल्य लेखाजोखा गर्दा करीब ५० करोड लगानी भएको देखिन्छ । यसमा १५ प्रतिशत गाविस, जिविस, विभिन्न गैेससहरु र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय हुम्लाको रहेको छ भने ८५ प्रतिशत लगानी स्थानीयहरुको रहेको पाइन्छ ।

हुम्ला जिल्लाको धेरै राजनीतिक दलका नेताहरु भएका गाविसहरुमा श्रीनगर र डाँडाफया भए पनि राजनीतिक खिचातानी तथा एक आपसमा मेल पनि नभएका कारण यी दुई गाविसहरुमा चर्पी निर्माण गर्न समस्या परेको जानकारी सरोकारवालाहरुले गरेका छन् ।

बाहिरबाट विकासे कार्यकर्ता जाँदा र विभिन्न प्रकारका उपभोक्ताहरुका लागि तानतान गर्ने यी दुई गाविसका मानिसहरुलाई सामाजिक काममा लगाउन गाह्रो भएको पनि यो चर्पी अभियानले देखाएको छ ।

२०७३ चैत्रसम्म जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने काममा यी दुई गाविसले गर्दा पछि पारेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका