चितवन, फागुन ५–
भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १३ का महिलाहरुका लागि गरिएको नेतृत्व विकास तालिम सकिएको छ । नेतृत्वमा आउन चाहेना भएका महिलाहरुका लागि तालिमको आयोजना गरिएको हो । वडा नागरिक मंञ्चले तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको आयोजना गरेको हो । बुधबार एक समारोहका बीच तालिमको समापन गरिएको हो । तालिममा वडाका ५० जना महिलाको सहभागीता रहेको थियो ।
दलित, आदीवासी जनजाती, पिछडीएका महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । सामाजिक नेतृत्वमा महिलाहरु पछाडी परेको भन्दै तालिमको आयोजना गरेको आयोजकले जनाएको छ । तालिममा पत्रकारहरु अजिता अधिकारी, अनिल ढकाल र गोपाल दराई प्रशिक्षण दिएका हुन् । वडा नागरिक मञ्चका संयोजक देवकी गौतमको अध्यक्षता तथा पूर्व वडा अध्यक्ष डिल्लीराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति युवराज भुषाल, नेकपा माओवादी केन्द्रका निलकण्ठ अधिकारी, समाजसेवी मुक्तिनाथ अधिकारी, वडा नागरिक मञ्चका उपाध्यक्ष देविप्रसाद आचार्य, सामाजिक परिचालिका प्रमिला लामिछाने, सहभागीहरु रविकला घिमिरे र जानदेवि सापाकोटा लगाएतले बोलेका थिए ।