काठमाडौं, फागुन ३ –
आगामी १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले १ सय १ वटा क्याम्पसको लागि सभापतिका उम्मेद्वारको टुंगो लगाएको छ ।
देशभरका विभिन्न १ सय १ क्याम्पसमा सभापतिका उम्मेद्वारको नाम सहमतिमै टुंगो लगाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । विभिन्न विद्यार्थी संगठनको आन्तरिक विवादका कारण क्याम्पसहरुमा तालाबन्दी गरेका बेला जसरी पनि चुनाव हुनुपर्ने भन्दै अखिल क्रान्तिकारीले भने सभापतिका उम्मेद्वारको नाम प्रकाशन गरेको हो ।