चितवन,फागुन १-
साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । त्यस्तै चांदी तोलामा १०५ रुपियाँले बढेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३ रुपैयाँ कायम गरेको छ।