Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केहि दिनभित्रै चुनावको मिति घोषणा नभए प्रचण्ड सरकारको औचित्य समाप्तः भीम रावल – Gaule Khabar

केहि दिनभित्रै चुनावको मिति घोषणा नभए प्रचण्ड सरकारको औचित्य समाप्तः भीम रावल

केहि दिनभित्रै चुनावको मिति घोषणा नभए प्रचण्ड सरकारको औचित्य समाप्तः भीम रावल

काठमाडौं,माघ २८-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे प्रचण्ड सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन्।’

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार संक्रमणकालिन सरकार भएकोले चुनाव गर्न नसके र संविधान कार्यान्वयन गर्न पनि नसके सरकारको कुनै औचित्य नै नरहने उनको दाबी छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले वर्तमान सरकार संविधान कार्यान्वयनको लागि उदासिन बनेको समेत आरोप लगाए।
उनले बिना कारण १५ दिनसम्म व्यवस्थापिका–संसदको बैठक स्थगित् गर्नु दुःखदायी भएको टिप्पणी गर्दै भने,‘यो सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन प्रस्ताव ल्याउँदा हामीले त्यसको विरोधमा संसद अवरोध गर्दा चुनाव हुन नदिने भनेर हामीलाई आरोप लगायो, तर अहिले विना कारण संसद बैठक स्थगित् गर्नुको रहस्य के हो?’उनले प्रधानमन्त्रीले आफूहरुसँगको भेटमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएपनि आफूहरु अझैपनि ढुक्क भई नसकेको जिकिर गरे।

उनले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको समेत बताए।रावलले मधेशी मोर्चा लगायत अन्य दलहरुसँगपनि छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नको लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका