Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बारामा मत्स्य तथा कृषि महोत्सव सुरु – Gaule Khabar

बारामा मत्स्य तथा कृषि महोत्सव सुरु

बारामा  मत्स्य तथा कृषि महोत्सव सुरु

दुष्यन्त चौधरी,

बारा, माघ २७–

कृषि मन्त्री गौरीशंकर चौधरीले संबिधान संशोधन गरेर वर्तमान सरकार निर्वाचनको तयारीमा लागेको बताउनु भएको छ ।

बाराको कलैया बिहीबार देखी तीन दिने प्रथम ऐतिहासिक मत्स्य तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनताको माग अनुसार संशोधन मुलुक अर्का द्धन्द्धतर्फ लम्किने संकेत गर्नुभएको छ । माओबादी द्वण्दको बढी दिन नभएको स्मरण गराउदै जनताको हीतको लागि सरकार लागेको र सोही अनुसारको हुने मधेसी जनतालाई उहाँले विश्वास दिलाउनुभयो ।

नेपाल मत्सय व्यवसाय संघ बाराका अध्यक्ष जंगबहादुर साहको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री ज्वाला साह, पूर्वसहायक मन्त्री कलावती पासवान, सभासदहरु रामअयोध्या यादव, बलबिर चौधरी, दिलमाया धामी, सुपरजोन सिम्रौनगढका प्रमुख युगलकिशोर तिवारी, प्रमुख जिल्ला अधिकारी बिजयनारायण मान्धर, प्रहरी उपरिक्षक नरेन्द्र उप्रेती, राष्ट्रिय अनुसन्धानका प्रमुख उत्तम खनाल, सिमा सुरक्षा प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने, स्थानीय विकास अधिकारी भरतबहादुर ढुङ्गाना लगायतले जिल्लालाई मत्स्य उत्पादनमा बृद्धिगरी जिल्लाको नाम मुलुकमा चिनाउने यस्तो राम्रो सुपरजोन कार्यक्रमबाट फाईदा लिन मत्स्य कृषकहरुलाई आग्रह गरे ।
माछा महोत्सव २९ गते तीन दिनसम्म चल्ने छ । मेलामा ४० वटा विभिन्न कृषिका स्टलहरु राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका