Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केपी ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने – Gaule Khabar

केपी ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने

केपी ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने

 विजय थापा

वाशिंगटन डिसी, माघ  २७ –

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने भएको छ ।

केही राजनीतिक भेटघाटसहित अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको उद्घाटन गर्न आउन लागेका ओलीलाई यहाँस्थित नेपाली समुदाय, नेपाली दूतावास र शुभचिन्तकले स्वागत गर्ने भएका हुन् ।

ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा प्रमुख अतिथिका रुपमा आमनन्त्रण गरिएको छ । मञ्चको अधिवेशन आगामी मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुँदैछ ।

प्रवासी नेपाली मञ्चद्धारा अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष सञ्जय थापाले प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओली लगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए ।

तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दसत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ । यसैगरी अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ ।

सामाजिक काम गर्दै आइरहेको मञ्चले नेपालका भूकम्प पीडितलाई राहत वितरण, नेपाल मै छात्रवृत्ति दिनेदेखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

महासचिवले नयाँ नेतृत्व सम्हाल्ने सम्भावना

यसैबीच उक्त कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने जानकारी गराउँदै अन्य पदाधिकारीलाई तयार रहन सुझाब दिए । स्थापनाकालदेखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व न दोहोर्याउने भएपछि वर्तमान महासचिब प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ ।

वर्तमान महासचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने सर्वसम्मत पनि बन्ने सम्भावना हुन सक्ने छ । थापा प्रष्ट वक्ता हुन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनीसंग अनुभव रहनुको साथै बाल्टिमोरस्थित बानाका पूर्व महासचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका