Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्रीको चितवन प्याकेजमा माडी र पहाड किन प्राथमिकतामा परेन ? पुरा पढ्नुहोस् – Gaule Khabar

प्रधानमन्त्रीको चितवन प्याकेजमा माडी र पहाड किन प्राथमिकतामा परेन ? पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको चितवन प्याकेजमा माडी र पहाड किन प्राथमिकतामा परेन ? पुरा पढ्नुहोस्

चितवन,माघ २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको विकासका लागि नयाँ प्याकेज सार्वजनिक गरेका छन् ।

बुधबार भरतपुरमा भएको एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले झण्डै तीन दर्जन विकास योजना समेटिएका प्याकेजका योजनाहरु बताएका हुन् । दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले चितवन आएको चौथो पटकमा प्याकेज सार्वजनिक गरेका हुन् ।

प्याकेज कार्यक्रममा भरतपुर उपमहानगरपालिका र पश्चिम चितवन क्षेत्रलाई बढी मह¤व दिइएको छ । पूर्वचितवनलाई केही मह¤व दिइएको छ तर माडी र पहाडी क्षेत्रमा प्याकेजका कार्यक्रम खासै छैनन् । यस क्षेत्रमा एउटा एउटा मात्र योजना परेका छन् । जसले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्दैन ।

पहाडका स्थानीयको जीवनसँग प्रत्यक्ष असर पर्ने गरी कुनै पनि योजना सार्वजनिक भएनन् । पहाडी गाविसको दारेचोक स्थित कुरिनटारमा रहेको सर्वशान्ति माविलाई ९० लाखको योजना परेको छ । त्यसबाहेक पहाड लक्षित कुनै योजना छैनन् । प्रधानमन्त्रीले दिएको जानकारी अनुसार माडी शीतलपुर र खैरहनीपुरमा एकता स्तम्भ निर्माणका लागि ५०÷५० लाख बजेट विनियोजन गरिएको छ ।

प्याकेजमा सार्वजनिक गरिएका मध्ये १७ योजना सडक निर्माण र कालोपत्रेसँग सम्बन्धित रहेका छन् । प्रधानमन्त्री दाहालका अनुसार पश्चिम चितवनको शारदानगरमा ५० करोड लागतमा रंगशाला बन्ने छ । प्याकेजको सबैभन्दा ठूलो बजेटको योजना खेदकुद क्षेत्रको रंगशालामा परेको छ । त्यस्तै, भरतपुर र पर्सामा ४÷४ करोडमा कभर्डहल निर्माण हुनेछ । चितवनको पाँचवटै निर्वाचन क्षेत्रमा ५०÷५० लाख योजनाका पाँच खेलमैदान निर्माण प्रक्रिया अघि बढेको प्रधानमन्त्री दाहालले बताए ।

त्यस्तै विशेष आर्थिक कार्यक्रमअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आगामी मन्त्रिपरिषद् बैठकमा निणयार्थ प्रस्तुत गरिने उनले बताए । आद्योगिक क्षेत्र निर्माणले चितवनको रणनीतिक र आर्थिक विकासमा टेवा पुग्ने प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालले अधिकांश योजनामा सडक निर्माणलाई समेटेका छन् । अधिकांश योजनाहरु भरतपुर र पश्चिम चितवन केन्द्रित रहेका छन् । प्रधानमन्त्री दाहालका अनुसार भरतपुर अस्पताललाई केन्द्रीयस्तरको अस्पतालको रुपमा विस्तार गरी स्नातक र स्नात्तकोत्तर तहको पढाइ यसै वर्षबाट सुरू गर्ने गरी सरोकारवालासँग छलफल भइरहेको छ ।

त्यस्तै भरतपुर–४ मा अन्डरग्राउण्डसहितको तरकारीमण्डी निर्माण हुने उनले बताए । भरतपुरमा सिटी हल, भरतपुरमा चक्रपथ निर्माण, भरतपुरबाट खोलेसिमल हुँदै भण्डारासम्म वैकल्पिक हाइवेको निर्माण, भरतपुर १० मा एकीकृत ढल आयोजनाको कामका लागि बजेट विनियोजन गरिसकिएको प्रधानमन्त्री दाहालले बताए ।चितवन पोष्ट दैनिकवाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका