Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुलिसले लियो भैँसीको बयानः सोध्यो- तिम्रो मालिक को हो र ? – Gaule Khabar

पुलिसले लियो भैँसीको बयानः सोध्यो- तिम्रो मालिक को हो र ?

पुलिसले लियो भैँसीको बयानः सोध्यो- तिम्रो मालिक को हो र ?

भारत, माघ २६-

पुलिसको काम नै अपराधीको बयान लिने हो । तर भारतको पुलिस भने अलिक अगाडि रहेछ यस मामिलामा । कहिले कुखुरालाई जेलमा थुन्ने त कहिले भैँसीलाई अदालतमा उपस्थित गराउने । अनि यसपटक भारतीय पुलिसले भैँसीको बयान लिएर अर्को कीर्तिमान कायम गरेको छ ।

केही समयअघि भारतको हरिद्धारमा एक भैँसीमाथिको स्वामित्वको विवाद पुलिसकोमा पुग्यो । उक्त भैँसी आफ्नो भनेर दुईजना मानिसले दाबी गरेपछि पुलिसलाई भैँसीको मालिक को हो ? भनेर छुट्टाउन सकस भयो ।आखिर दुई झगडीया सचिन र रमेशले दाबी नछाडेपछि पुलिसले भैँसीको खास मालिक को हो रु भनेर फैसला गर्ने जिम्मा भैँसीलाई नै दियो । सचिनले आफ्नो भैँसी हराएको र हराउनेबित्तिकै पुलिसकोमा उजुरी दिएको भन्यो । उता रमेशले भने आफूसँग भएको उक्त भैँसी सचिनको हराएको भैँसी नभइ आफूले जुल्फिकार नामक व्यापारीसँग किनेको दाबी गर्‍यो ।

जुल्फिकारसँग कुरा गर्दासमेत रमेशले भैँसी किनेको तथ्य सही ठहरियो । भैँसी त किनेको हो, तर किनेको भैँसी चाहीँ त्यो हो कि होइन भन्ने कुरा छुटि्टएन । यस्तो अवस्था आएपछि पुलिसले एक जुक्ति निकाल्यो ।पुलिसले भैँसीलाई उसको मालिक आफै छुट्टाउने जिम्मा दियो । तिम्रो मालिक को हो रु उसैकोमा जाऊ भनी भैँसीलाई पुलिस चौकीनजिकैको चौबाटोमा लगेर छाड्ने सहमति भयो ।

भैँसी रमेश र सचिनमध्ये जसकोमा जान्छ, उक्त भैँसीको मालिक सोही नै हुने भनी पुलिसले गरेको निर्णय दुबैजनाले माने । भैँसीलाई चौबाटोमा लगेर सोधियो, तेरोे मालिक को हो रु उसको घरमा जा । त्यसपछि भैँसीलाई छाडियो । तर उक्त भैँसी कसकोमा गयो भन्ने चाहीँ खुलेको छैन । तर भैँसीको बयान लिने यो पाराले समस्याको भने समाधान पक्कै भयो ।- एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका