Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लेखनाथ महोत्सवको तयारी पूरा – Gaule Khabar

लेखनाथ महोत्सवको तयारी पूरा

लेखनाथ महोत्सवको तयारी पूरा

पोखरा, माघ २५ –

लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औंँ संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिनुभयो । लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर रु १५ करोडदेखि रु २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट करिब रु ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका