Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देउवालाई ओलीले भने,‘प्रचण्डलाई ढाल्न तयार हुनुहोस्’ – Gaule Khabar

देउवालाई ओलीले भने,‘प्रचण्डलाई ढाल्न तयार हुनुहोस्’

देउवालाई ओलीले भने,‘प्रचण्डलाई ढाल्न तयार हुनुहोस्’

काठमाडौं, माघ २३-

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवावीच टेलिफोन वार्ता भएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति देउवालाई आज विहान टेलिफोन गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि हालतमा चुनाव गराउन नसक्ने ठोकुवा गर्दै प्रचण्डको विकल्प खोज्न सुझाएका थिए। स्रोतका अनुसार ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीलाई लिएर तिव्र असन्तुष्टि पोखेका थिए। उनले प्रचण्डले कुनैपनि हालतमा निर्वाचन नगर्ने ठोकुवा देउवासँग गरेका छन्।

त्यतिमात्रै नभएर, एमाले अध्यक्ष ओलीले चाँडै वर्तमान सरकारको विकल्प खोज्न समेत देउवालाई सुझाए। उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्डजीले कुनैपनि चुनाव गराउनुहुन्न, ढुक्क हुनोस्, अब सरकारको विकल्प खोजौं।’

अध्यक्ष ओली र काँग्रेस सभापति देउवावीच आज कुराकानी भएको पुष्टि गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने,‘उहाँहरुवीच कुराकानी भएको छ, हाम्रो अध्यक्षज्यूले प्रष्ट रुपमा भन्नुभएको छ कि अब चुनाव गर्ने हो भने प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन्। आजमात्रैपनि काँग्रेसका प्रभावशाली नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रचण्डले चुनाव नगराउन चाहेको हो कि भनेर आफूहरुलाई आशंका पैदा भएको टिप्पणी गरिसकेका छन्।

आईतबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले उपाध्यक्ष भीम रावलले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्पको लागि आफ्नो पार्टीले आन्तरिक गृहकार्य समेत थालिसकेको जनाए।

निर्वाचनको मिति घर्किसकेकोले सत्तापक्ष र प्रतिपक्ष दुवै प्रधानमन्त्रीप्रति रुष्ट बनेका छन्। चुनावको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको प्रमुख सत्तारुढ दल कांग्रेस नेताहरूको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका