Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संशोधन नभए निर्वाचनमा भाग लिदैनौंः अध्यक्ष गच्छदार – Gaule Khabar

संशोधन नभए निर्वाचनमा भाग लिदैनौंः अध्यक्ष गच्छदार

संशोधन नभए निर्वाचनमा भाग लिदैनौंः अध्यक्ष गच्छदार

लहान, माघ २२–

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताउनुभएको छ ।

सिरहाको गोलबजारमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नहुन्जेलसम्म निर्वाचन हुनै नसक्ने र भए पनि आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताउनुभयो ।

सरकार संविधान संशोधन नगरी हावाको भरमा चुनावको घोषणा गर्न लागेको बताउँदै उहाँले यथास्थितिमा सार्थक निर्वाचन सम्भव नहुने दाबीसमेत गर्नुभयो ।

मुलुकको अवस्था अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका कारण विकाससमेत अवरुद्ध भएको बताउँदै पूर्व उपप्रधानमन्त्री गच्छदारले ठूला दलका नेताहरु देशको समस्याप्रति गम्भीर हुन नसकेको आरोपसमेत लगाउनुभयो ।

संविधानसभामार्फत जनपक्षीय संविधान बनाउने जनताको चाहना अझै पनि पूरा हुन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो –“संविधान त बनेको छ तर, त्यो मधेसी, जनजाति, थारुलगायतलाई स्वीकार्य छैन, यसलाई आवश्यक परिमार्जनसहित संशोधन गर्नुपर्छ ।” परिमार्जनसहित संविधान संशोधन भएपछि मात्र निर्वाचनको वातावरण बन्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जितेन्द्रनारायण देव, महिला नेत्री गीतादेवी चौधरी, युवा फोरमका केन्द्रीय अध्यक्ष बेदनारायण गच्छेदारलगायतले पनि बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका