Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेको नेतृत्वमा मात्र देशमा विकास निर्माण सम्भवः पाण्डे – Gaule Khabar

एमालेको नेतृत्वमा मात्र देशमा विकास निर्माण सम्भवः पाण्डे

एमालेको नेतृत्वमा मात्र देशमा विकास निर्माण सम्भवः पाण्डे

अनुज न्यौपाने,

चितवन माघ २१-

नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेका नेतृत्वमा मात्र विकास निर्माण सम्भव भएको वताउनु भएको छ ।उहांले एमालेको नौ महिने सरकारले गरेका कामका कारण जनताले विस्वास गर्ने आधार वनेको वताउनु भयो । एमाले कालिका नगरपालिका ७ चितवनले आज आयोजना गरेको वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पाण्डेले एमालेले अव बिकास निर्माणलाई प्रमुख मुद्धा वनाउने जानाकारी दिनुभयो ।

कुनैपनि हालतमा देशमा स्थानिय निकाएको निर्वाचन हुने भन्दै उहांले त्यसका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।एमाले प्रति वढेको जनलहरका कारण अन्य दल छट्पटाएको समेत नेता पाण्डेले आरोप लगाउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका