Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पच्चिस बालबालिकालाई निजी खर्चमा पढाइने – Gaule Khabar

पच्चिस बालबालिकालाई निजी खर्चमा पढाइने

पच्चिस बालबालिकालाई निजी खर्चमा पढाइने

महोत्तरी, माघ १८ –

विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा यहाँ एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने घोषणा गर्नुभएको छ ।

गौशाला नगरपालिका– ६ का २२ वर्षीय इन्जिनियर निशान्तकुमार साहले स्थानीय गरिब, दलित समूहका बालबालिकालाई पढाउने निर्णय गर्नुभएको हो ।
गत वैशाख १३ गतेदेखि सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुर नुवाकोटमा सिभिल इन्जिनियर पदमा कार्यरत साहले आफ्नो गाउँघरमा रहेका हरेक बालबालिकालाई शिक्षाको ज्योति पु¥याउने उद्देश्यले निजी खर्चमा पूर्ण छात्रवृत्ति दिने घोषणा गर्नुभएको हो ।
उहाँले तत्कालका लागि गौशाला जिरोमाइलमा रहेको रामजानकी इङलिस बोर्डिङ स्कुलका नर्सरीदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई निःशुल्क रुपमा पढाइ खर्च व्यहोर्नुहुनेछ । बुधबार सरस्वती पूजाका दिन बालबालिकालाई विद्यालयमा भर्ना गराइने बताइएको छ ।

आगामी दिनमा एउटा विद्यालय खोलेर नै पढाउन नसकेका अभिभावकका छोराछोरीलाई पढाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । आफूले सहयोगी हात पाए सो क्षेत्रमा सरसफाइ कार्यक्रम, खु्ला दिसामुक्त क्षेत्र अभियान, वृक्षरोपण कार्यक्रमलगायत अभियान सञ्चालन गरी देशकै नमुना क्षेत्र बनाउने सोच रहेको जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका