काठमाडौं, माघ १८ –
चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किनेकी छन् । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किनेकी हुन् । दीपाले किनेको यो दोस्रो कार हो । यसअघि उनी सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिइन् ।
ज्योतिषीको सल्लाह अनुसार हरेक काम गर्ने दीपाले कार किन्दा पनि ज्योतिषीकै सुझाव अनुसार रंग र कारको नम्बर छनौट गरेको बताइन् । यहाँसम्मकी कार भित्र्याउने शुभ साइत सोमबार दिउँसो ४ बजे तोकिएको थियो ।
‘यो कार छक्का पञ्जाको टिमको उपहार हो रु’ भन्ने हाम्रो प्रश्नमा दीपाले भनिन्, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।
मैलै गाडी र घर किन्छु भन्ने सोचेकै थिइन
दीपाले यो गाडीसम्म आइपुग्दा धेरै संघर्ष गरेकी छन् । दुई दशकभन्दा बढी कलाकारिता क्षेत्रमा बिताएपछि नै दीपाले यो ४० लाखको कार चढ्ने सौभाग्य पाएकी हुन् । ‘यो गाडीसम्म आइपुग्दा कति जोर जुत्ता फाटाउनु भयो दिदी रु’ भनेर हामीले सोध्दा उनले हाँस्दै भनिन्, ‘जुत्ता त कति फाट्यो कति । यो गाडीमा पनि अट्दैन ।
संघर्ष गरेपछि नै मीठो फल पाएको हो । संघर्ष नगरेर पाएको फल पनि मीठो हुँदैन फेरि । संघर्ष भएर पाएको कुराको कुनै पनि मुल्य हुँदैन । निकै अमूल्य हुन्छ ।’ दीपाले आफ्नै कमाईले मध्यबानेश्वरमा एउटा घर पनि किनिसकेकी छन् । उज्यालो अनलाईन