Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल मागिखाने देशः उपेन्द्र यादव – Gaule Khabar

नेपाल मागिखाने देशः उपेन्द्र यादव

नेपाल मागिखाने देशः उपेन्द्र यादव

काठमाडौ,माघ १७-

संघीय समाजवादीका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन्। सोमबार संवाद डबलीमा राष्ट्रिय शिल्पी आन्दोलनले ‘शिल्पी अधिकार’ विषयक अन्तरर्क्रिया कार्यक्रममा बोल्दै यादवले मुठिभर शासकका कारण नेपालले मागि खाने देशको रुपमा चिनिएको आरोप लगाए। ‘म मन्त्री भएको बेला धेरै देशमा जाने अवसर पाएँ, नेपाली मन्त्रीलाई भेट्नु अघि उनीहरुले के माग्न आयो? के दिने होला भनेर सल्लाह गर्ने गर्छन्,’ यादवले भने। नेपाली नेता विदेश भ्रमण जाँदा कि माग्न आयो कि युवा शक्ति बेच्न आयो होला भन्ने दृष्टिले हेरिने गरेको यादवले अनुभव सुनाए।

कार्यक्रममा बोल्दै यादवले नयाँ संविधान उत्पीडित जाति र समुदायको पक्षमा नभएको बताए । ‘यो कुनै उत्पीडित जाति र समुदायको पक्षमा छैन, जसले संविधान लेखे उनीहरुकै पक्षमा छ,’ यादवले भने, ‘यो संविधान पाँच दाजुभाईको पक्षमा छ।’ उनले जातीय आधारमा शासन व्यवस्था भएकाले उत्पीडित जाति र समुदायलाई अपमान गरेको बताए। उनले संविधान उत्पीडित वर्ग र समुदायको पक्षमा नभएकाले मान्न नसकिने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका