Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गरिबी निवारण मन्त्री थानी भन्छन्ः मन्त्रालयसँग गरिब जनतालाई दिने केही छैन म के दिउँ? – Gaule Khabar

गरिबी निवारण मन्त्री थानी भन्छन्ः मन्त्रालयसँग गरिब जनतालाई दिने केही छैन म के दिउँ?

गरिबी निवारण मन्त्री थानी भन्छन्ः मन्त्रालयसँग गरिब जनतालाई दिने केही छैन म के दिउँ?

काठमाडौंं,माघ १६-

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले आफ्नो मन्त्रालयमा गरिब उन्मुख कार्यक्रम नभएको बताएका छन् । मन्त्रालयसँग गरिब पहिचान गर्ने कार्यक्रम मात्र भएको मन्त्री थानीले बताए ।

प्रेस युनियन जाजरकोटले शनिबार साँझ आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थानीले यस्तो बताएका हुन् । ‘गरिबी मन्त्रालय एकातिर छ बजेट कार्यक्रम अन्तै छ । गरिबीको रेखामुनि रहेका २५ जिल्लाका जनतालाई गरिब परिचय पत्र वितरण गर्ने कार्यका लागि मन्त्रालय गठन भएको पाइयो,’ उनले भने ।

‘गरिब जनतालाई कार्ड हैन राहात चाहिएको छ, तर यस मन्त्रालयमा गरिबलाई दिने केही छैन,’ मन्त्री थानीले भने । गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयअन्तर्गत, युवा स्वरोजगार कार्यक्रम अर्थ मन्त्रालयअन्तर्गत, स्थानीय विकास मन्त्रालयअन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत रहेको मन्त्री थानीले बताए ।राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यस्तो माग राखेको उनले बताए ।

मन्त्रालयले २५ जिल्लाका गरिबीका रेखामुनी रहेका ३ लाख ९५ हजार घरधुरीमध्ये अति गरिब १ लाख ९० हजार, गरिब १ लाख २० हजार र सीमान्त गरिब ८४ हजारलाई परिचय पत्र वितरण गर्न लागेको उनले बताए ।त्यस्तै मन्त्रालयले ४ वर्ष देखि अलपत्र परेको सहकारी ऐनलाई व्यवस्थित बनाएर कार्यान्वयनमा ल्याउन लागेको मन्त्री थानीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका